ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जहाज खरिद प्रतिवेदन यसै साता

२०७७ सावन, ८  
१० वर्ष अघि
NA

नेपाल वायु सेवा निगमका लागि जहाज खरिद  गर्नेबारेको विवादका सम्बन्धका अध्ययन गर्न गठित समितिले वित्तीय विश्लेषण प्रतिवेदन यसै साता अर्थमन्त्रालयलाई बुझाउने भएको छ । निगमबाट थप कही सूचनाहरू मागिएको र त्यो सूचना आउँदासाथ प्रतिवेदन बुझाइने जानकारी समितिका संयोजक तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विमल वाग्लेले दिए । समितिले केही दिनअगाडि नै विस्तृत प्रतिवेदन बुझाए पनि अर्थमन्त्री सुरेन्द्र पाण्डेले खरिद गर्ने भनिएका जहाजहरू निगमको वित्तीय अवस्थाको बारेमा अध्ययन गर्न निर्देशन दिएका थिए । सोहीअनुसार अहिले समितिले अध्ययन जारी राखेको छ ।

समितिले केही दिन अगाडि बुझाएको १५ पेज लामो प्रतिवेदनमा जहाज खरिद प्रक्रियाको पुनः विश्लेषण आवश्यक रहेको सुझाव दिएको थियो । साथै, खरिद गरिने जहाजबाट व्यावसायिक प्रतिफलको सुनिश्चितता भएपछि मात्रै अर्थमन्त्रालय ग्यारेन्टी बस्न उचित हुने सुझाव पनि समितिले दिएको छ ।

निगमले फ्रान्समा निर्मित वाइड बडी जहाज खरिद प्रक्रिया अगाडि बढाएपछि सार्वजनिक लेखा समितिले त्यसप्रति आपत्ति जनाउँदै जहाज खरिद प्रक्रिया रोक्न आदेश दिएको थियो र समितिको त्यो निर्णय गलत भएको भन्दै निगम र पर्यटनसँग सम्बन्धित संसघसंस्थाले विरोध गरेपछि अर्थमन्त्रालयले वाग्लेको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले बुझाउने वित्तीय विश्लेषण प्रतिवेदनसमेतको आधारमा अर्थ मन्त्रालयले जहाज खरिदमा मन्त्रालय ग्यारेन्टी बस्ने या नबस्ने भन्ने कुराको टुंगो लगाउने बताएको छ ।

वर्ष ५, अंक २७, २०६६, फागुन २४–चैत १

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्