ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टेलिकमको जस्तै नहोस कृषि बैंकको सेयर

२०७७ सावन, ९  
१० वर्ष अघि
NA

नेपाल टेलिकमले जारी गरेको १५ करोड थान प्रिमियम सेयरमध्ये २ प्रतिशत सेयर सर्वसाधारण नेपालीले रू. ६०० देखि रू. २५०० सम्म तिरेर खरिद गरे भने ५ प्रतिशत सेयर टेलिकमका बहालवाला र भूतपूर्व कर्मचारीले प्रतिशेयर रू. ९० मा किने । टेलिकमले हालसम्म विक्री गरेको सेयर ७ प्रतिशत मात्र हो । बाँकी सेयर सरकारसँग छ ।

हकप्रद सेयर माग्दा रू. १०० मा दिन सकिन्न भन्छ । आफ्ना कर्मचारीले रू. ९० मा किनेका सेयर सर्वसाधारण नेपालीलाई रू. १०० मा पुनः मूल्य कायम गरी सोहीअनुसार नयाँ प्रमाणपत्र बनाएर देऊ भन्दा टेलिकमका अध्यक्ष सञ्चार मन्त्रालयका सचिव नै हुने हुनाले उतै जानु भनिन्छ । रू. ६०० देखि रू. २५०० का दरले सेयर किनेको हिसाब माग्दा टेलिकमले प्रतिसेयर रू. १०० मात्र पाएको हो, बाँकी अर्थमन्त्रालयले कहाँ खर्च गर्‍यो उतै सोध्नु भनिन्छ । सर्वसाधारण सेयरहोल्डरप्रति टेलिकम किन यस्तो व्यवहार गरिरहेको छ ?आफू केही नाजन्ने, नबुझ्ने वा केही गर्न नसक्ने भए किन सेयर बेचेको ? यो नै अहिलेको मूल प्रश्न हो ।

(प्रेमप्रसाद सञ्जेलको आलेखबाट)
वर्ष ५, अंक २७, २०६६, फागुन २४–चैत १

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्