ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शेयरबजारमा चलखेल भएको हो ?

२०७७ सावन, ९  
पाठक विचार
NA

कोरोना संक्रमणका कारण बन्द रहेको शेयरबजार १५ असारदेखि मात्रै खुल्यो । तर, खुलेको बजारमा पनि समस्या धेरै देखिएका छन् । नेप्सेको अनलाइन प्रणालीमा समस्या उत्पन्न हुँदा लगानीकर्ताले हैरानी बेहोर्नु परिरहेको हो । बजार सञ्चालन गर्ने नेप्सेले पूर्वाधार बलियो नबनाउँदा लगानीकर्तादेखि सरोकारवाला सबै हैरान भएका छन् । नेप्सेको प्रविधि ग्राहकमैत्री त छैन नै कमजोर पूर्वाधारका कारण बारम्बार समस्या आउने गरेको छ । कहिले नेप्सेको वेबसाइट खुल्दैन । वेबसाइट नखुलेका कारण लगानीकर्ताले पाउनुपर्ने सामान्य जानकारी र सूचना पाउन सक्दैनन् । नेप्सेले ब्रोकरलाई उपलब्ध गराएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) पनि कहिलेकाहीँ चल्दैन ।

नियामक निकाय धितोपत्र बोर्डले बन्द नहुने गरी बजार खोल्ने भनेर शेयरबजार खुलाउन ढिला गरे पनि भनेअनुसार सुधार ल्याएको देखिँदैन । मार्जिन लेन्डिङमा केही राहत भएको छ । तर, बजारलाई बलियो बनाउने गरी सैद्धान्तिक आधारमा काम भएको पाइँदैन । बजारको तत्कालको मागलाई महत्त्व दिएको देखिन्छ । त्यही भएर १–२ दिन बेस्सरी बढेको बजार फेरि ओरालो लाग्न थालेको छ । नेपालको शेयरबजारमा भित्री चलखेल बढी हुने गरेको छ । त्यसको मारमा सोझासाझा लगानीकर्ता पर्ने गरेका छन् । बजार धेरै घट्छ भनेर बजार बन्द गराउन खोजियो र बजारको विकासका लागि निकै राम्रो काम भएको भनेर बजार उचालियो । केही टाठाबाठाले महँगोमा शेयर बेचेर बजारबाट निक्लिएको आशंका छ । यसले शेयरबजारप्रति सामान्य मानिसको अविश्वास पैदा भएको छ ।

दिनेश श्रेष्ठ
नयाँ बजार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्