ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बोर्डभित्रको खिचलोको असर पुँजी बजारमा

२०७७ सावन, ११  
१० वर्ष अघि
NA

धितोपत्र बोर्डका अध्यक्ष शूरवीर पौड्याल र सदस्यहरूका बीचमा बोलचाल बन्द भएपछि त्यसको प्रत्यक्ष असर नेपाल स्टक एक्सचेन्ज र विभिन्न कम्पनीहरूमा देखिन थालेको छ । अहिले स्वीकृतिका लागि बोर्डमा पुगेको एक्सचेन्जमा कैयौं प्रस्तावहरू अलपत्र परेका छन्  ।

स्टक एक्सचेन्जले पनि सोही कारण पुँजी बजारमा नकारात्मक असर गर्दै गएको र एक्सचेन्जको दैनिक कार्य सञ्चालन गर्न समेत कठिनाइ भएको बताएको छ ।
एक्सचेन्जले आफ्नो नियामक निकायलाई आरोपित गरेका सम्भवतः यो पहिलो घटना हो । बोर्डमा अहिले नबिल बैंक र लक्ष्मी बैंकले मर्चेन्ट बैंकिङको कारोबार गर्न स्वीकृति माग गरी दिएका निवेदनहरू, नेपाल विकास बैंकको हकप्रद सेयर निष्कासन बारेको विवाद, म्युचुअलफन्डको नियमावली ल्याउने सम्बन्धी प्रस्ताव, मार्केट डेफ्थ लागु गर्ने सम्बन्धी प्रस्ताव, कम्पनीहरूको सूचीकरणसम्बन्धी विनियमावलीको प्रस्ताव, स्टक एक्सचेन्जको विनियमावली संशोधनसम्बन्धी प्रस्ताव र तारागाउँ होटलको अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्नेलगायतका बारेमा निर्णयार्थ प्रस्तुत प्रस्तावहरू अलपत्र परेका छन् ।

वर्ष ५, अंक २७, २०६६, फागुन २४–चैत १

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्