ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तरलता अभावमा बैंकरहरूको पाँचबुँदे सुझाव

२०७७ सावन, १२  
१० वर्ष अघि
NA

बैंकिङ क्षेत्रमा विगत केही महिनादेखि देखिएको तरलता अभावलगायतका समस्याहरूको समाधानका लागि नेपाल बैंकर्स संघले राष्ट्र बैंकलाई पाँचबुँदे सुझावपत्र पेश गरेको छ । संघका अध्यक्ष शशिन जोशीको हस्ताक्षर रहेको र कामु गभर्नर कृष्णबहादुर मानन्धरलाई सम्बोधन गरिएको सो पत्रको अर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्थसचिव रामेश्वर खनाललाई समेत बोधार्थ दिइएको छ । पत्र राष्ट्र बैंक स्रोतले गत बुधवार प्राप्त भएको पुष्टि गरेको छ । सो सुझावपत्रमा तरलता अभावको अवस्थामा सुधार भएर पोर्टफालियो पुनर्सन्तुलिन हुन र वासलातमा त्यो प्रतिविम्बित हुन अझै ६ देखि १८ महिना लाग्ने भएकाले आन्तरिक व्यवस्थास्वरूप राष्ट्र बैंकले विशेष कदम चाल्न आवश्यक भएको उल्लेख छ ।

संघले राष्ट्र बैंकलाई लेखेको पत्रको पहिलो बुँदामा रिपो नियमित जारी गर्दै तरलता सहज पार्ने रिपोको बोलकबोल दर अहिलेको करिब ९ प्रतिशतबाट बजारको अवस्था हेरी घटाउनुपर्ने सुझाव दिइएको छ । हाल अधिकतम २८ दिन रहेको रिपोको अवधि बढाएर ९० दिन पु¥याउन उचित हुने सुझाव संघले दिएको छ ।

वर्ष ५, अंक २७, २०६६, फागुन २४–चैत १

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्