ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ बाट दुईजनाले पाए रू. १/१ लाख

२०७७ सावन, १२  
बजार
Image Not Found

काठमाडौं (अस) । ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ योजनाअन्तर्गत डिशहोमका दुईजना ग्राहकले रू. १/१ लाख पुरस्कार जितेका छन् । साउन २ गतेदेखि साउन ८ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकमध्ये भाग्यशाली दुईजनाले उक्त पुरस्कार प्राप्त गरेका हुन् । फन्ड ट्रान्सफरबाट रिचार्ज गर्ने ग्राहकले प्रयोग गरेको सेटअप बक्सको क्यास आईडी नम्बरलाई लक्की–ड्रमा समावेश गरी विजेता घोषणा गरेको डिशहोमले बताएको छ । योजनाअनुसार कम्पनीले शुक्रवार साँझ डिशहोमको शो–केस च्यानल नं. १०० र रमाइलो टीभीबाट पत्यक्ष लक्की–ड्र गरेको थियो ।

डिशहोमले दिएको जानकारी अनुसार ७१९०६३०६९१६ र ०२५१९२४९९०९ क्यास आईडी नम्बरवाहक ग्राहक विजेता बनेका हुन् । योजना अन्तर्गत कम्पनीले अर्को लक्की–ड्र कार्यक्रम आगामी शुक्रवार साँझ ५ बजे आयोजना गर्ने बताएको छ । फन्ड ट्रान्सफरसम्बन्धी देशभरका डिशहोम विक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रबाट विविध जानकारी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्