ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुजुकीको पेट्रोल इन्जिनयुक्त नयाँ भिटारा ब्रेजा सार्वजनिक

२०७७ सावन, १३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा १ हजार ४६२ सीसीको पेट्रोल इन्जिनयुक्त नयाँ भिटारा ब्रेजा कार सार्वजनिक गरेको छ । नयाँ कार पावरफुल र स्टाइलिस भएको कम्पनीको भनाइ छ ।

स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयूभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’फिचरहरू रहेका छन् । यस्तै ‘१.५ के–सिरिज’ बीएस६ पेट्रोल इन्जिन जडित छ ।

भिटारा ब्रेजाले निश्चित रूपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा गरिएको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयूभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध गराएको कम्पनीले बताएको छ ।

नेपालमा भीएक्सआईको मूल्य रू. ४१ लाख ६९ हजार र जेडएक्सआई प्लसको मूल्य रू. ४४ लाख ६९ हजार कायम गरिएको छ । बजारमूल्यमा शुरुआती छूट रू. ३ लाख ७० हजार गरिएको छ । यो छूट पहिलो ५० ओटा भिटारा ब्रेजा विक्रीमा मात्रै लागू हुने कम्पनीले बताएको छ ।

‘नेपाली ग्राहक कार छनोटमा कुनै सम्झौता गर्नुहुन्न । ४ वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयूभीमध्ये पर्छ’, सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘नयाँ भिटारा ब्रेजा पहिलाको भन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ ।’

सन् २०१६ मा सार्वजनिक भएको भिटारा ब्रेजाले केही समयमै अटो बजारमा राम्रो स्थान पाएको कम्पनीको दाबी छ । निर्देशक चौधरीका अनुसार भिटारा ब्रेजाले सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल भएको थियो ।

सेग्मेन्टमै पहिलोपटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिङ ओआरभीएम जस्ता फिचर नयाँ भिटारा ब्रेजामा छन् । साथै यसमा टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिङ आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाइमन्ड–कट एलोई ह्विल रहेका छन् ।
यस्तै सेफ्टी प्याकेजलाई स्ट्यान्डर्डको रूपमा राखिएको छ । स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आइसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर प्रिटेन्सनसहितको सिट बेल्ट पनि स्ट्यान्र्डको रूपमा राखिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्