ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

असुरक्षाको चपेटामा व्यवसाय र नागरिक

२०७७ सावन, १४  
१० वर्ष अघि
NA

यसै पनि संक्रमण काल असजिलो अवस्था हो । त्योभन्दा निराशाजनक पक्षचाहिँ यसको व्यवस्थापन गर्न सरकार, राज्य संयन्त्र र सत्ताधारी दलहरू नै अग्रसर नहुनु हो । त्यसैले अहिले मुलुकमा कुनै पनि पद्धतिले काम गरेको छैन, कुनै पनि निकायले काम गरेको छैन । राज्यका हरेक अंगहरू निस्तेज र निष्प्रभावी मात्र भएका छैनन्, अपराधमैत्री भएका छन् । सञ्चारउद्यमी जमिम शाहको हत्या प्रकरणमा प्रहरीकै उच्च अधिकारीहरू संलग्न रहनु, प्रहरी प्रधान कार्यालयका एसएसपी नवराज सिलवालले अपराधीबाट आफू असुरक्षित भएको भन्दै सुरक्षाको माग गर्नु कर कार्यालयकै जिम्मेवार कर्मचारीहरू करछली र भ्रष्टाचारको आरोपमा पक्राउ पर्नु, उपधानमन्त्री सुजाता कोइरालाका पीए भरत सापकोटा करोडौंको ठगी प्रकरणमा काण्डमा संलग्न भएको पुष्टि हुनु, दिनहुँजसो गोलीकाण्डहरू मच्चिनु तर अपराधीहरू पक्राउ नपर्नु आदि  यस्ता घटनाहरू हुन् जसले सिंगो राज्य संयन्त्र कसरी अपराधमैत्री भएको छ भन्ने कुरालाई देखाउँछ ।

यस्ता घटनाहरूको सूची निकै लामो बन्न सक्छ । उद्यमी व्यवसायीहरूले सुरक्षाको माग गर्दै सरकारसँग हारगुहार गरिरहेका छन् । जुन देशमा सरकार भनेको केही सुविधाभोगी, अक्षम र अनैतिकहरूको जमघटको पर्यायवाची भएको छ त्यहाँ जनता र व्यवसायको कुरा गर्नु अब सस्तो ठट्टा हुन थालेको छ । व्यवस्था र शासकहरू फेरिए भनिए पनि सत्तासञ्चालनको शैली फेरिएको छैन ।

(सम्पादकीयबाट)
वर्ष ५, अंक २७, २०६६, फागुन २४–चैत १

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्