ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि

२०७७ सावन, १४  
बजार
NA

काठमाडौं (अस) । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा मंगलवार पनि अप्रत्याशितरूपमा बढेको छ ।
गत शुक्रबार प्रतितोला रू. ९५ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा मंगलवार रू. २ हजार ४०० ले वृद्धि भएको छ । मंगलवार बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रू. ९८ हजार २०० कायम भयो भने सोही परिमाणको तेजाबी सुनको मूल्य रू. ९७ हजार ७६० निर्धारण गरिएको छ ।

मंगलवार एक तोला चाँदीको मूल्य रू. १ हजार २४५ कायम भएको छ । कोभिड–१९ को संक्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रू. १० हजार ४०० ले बढेर रू. ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । रासस 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्