ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा

२०७७ सावन, १४  
बजार
Image Not Found

काठमाडौं (अस) । स्मार्ट आर्क प्रालिले नेपालमा कन्ट्याक्टलेस ह्यान्ड स्यानिटाइजर उपकरण भित्र्याएको छ । उक्त उपकरणमार्फत स्वचालित रूपमै हातलाई स्यानिटाइज गर्न सकिने कम्पनीले बताएको छ ।

कोरोना भाइरसको महामारी र त्रास बढेसँगै मानिसहरूले सुरक्षित हुने उपाय र उपकरणहरूको खोजी गरिरहेका बेला स्मार्ट आर्कले भारतमा निर्मित ओकमिस्ट ब्रान्डको यस्तो उपकरण नेपाल ल्याएको हो । यो उपकरण भारतको रक्षा, अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) सँग मिलेर रिओट ल्याब्ज प्रालिले उत्पादन गरेको हो ।

कोरोना भाइरसबाट सुरक्षा गर्न र अधिक भीडभाड हुने स्थानमा आवतजावत गर्ने मानिसहरूको हात स्यानिटाइज गर्न रिओटले डीआरडीओको सहयोगमा टचलेस स्यानिटाइजर डिस्पेन्सर विकास गरेको हो । यो डिस्पेन्सर निकै सुरक्षित र अल्ट्रासोनिक सेन्सरको आधारमा सञ्चालन हुने कम्पनीको भनाइ छ ।

हाल यो डिस्पेन्सर नेपाल बंगलादेश बैंक, सशस्त्र प्रहरीको मुख्यालय, एनसेल प्रालि, बतास अर्गनाइजेशन, आनन्द होटेल, कतार राजदूतावास लगायत ३० भन्दा बढी कार्यालयहरूमा जडान गरी प्रयोगमा आइसकेको कम्पनीले बताएको छ ।

अधिक भीडभाड हुने स्थानहरूमा यो उपकरण प्रयोग गर्न सकिने र यसले सयौं मानिसहरूको हातलाई दैनिकरूपमा सजिलै स्यानिटाइज गर्न सक्ने बताउँछन् स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवाल । उनका अनुसार यसमा प्रयोग गरिएको प्रविधिले स्यानिटाइजरलाई खेर जान दिँदैन भने कार्यालयहरू वा सार्वजनिक स्थलहरूमा ह्यान्ड स्यानिटाइजर गराउनका लागि छुट्टै मानिस राख्नु पर्ने पनि छैन ।

घर तथा कार्यालयहरूमा सजिलै प्रयोग गर्न सकिने यो उपकरणमा ५ लिटरको स्यानिटाइजर प्रयोग गर्न सकिन्छ भने यसमा १ वर्षको वारेन्टी दिइएको छ । कम्पनीका अनुसार यसलाई स्मार्टफोन एपबाट समेत नियन्त्रण गर्न सकिन्छ । कम्पनीले आगामी दिनमा १.२ लिटरको ओकमिस्ट मिनी ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर समेत ल्याउने तयारी गरिरहेको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्