ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आईएमई लाइफद्वारा एजेन्सी म्यानेजरलाई सम्मान

२०७७ सावन, १४  
बजार
Image Not Found

वीरेन्द्रनगर (अस) । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सुर्खेत शाखाले उत्कृष्ट र नवनियुक्त एजेन्सी म्यानेजरलाई सम्मान गरेको छ । कम्पनीले शनिवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो ।

एजेन्सी म्यानेजरहरूलाई प्रोत्साहन गर्नका लागि सम्मान गरिएको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सुर्खेतका प्रशासन प्रमुख मिलन कँडेलले जानकारी दिए । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सुर्खेतका एरिया शाखा प्रमुख धीरेन्द्रबहादुर शाहीले एजेन्सी म्यानेजरहरूलाई सम्मान गरेका हुन् ।

उनले आईएमई गु्रुपको बारेमा चर्चा गर्दै जीवन बीमाको कार्यमा समूहगत रूपमा काम गर्नका लागि उत्प्रेरणा प्रदान गरेका थिए । स्किममा छनोट भएका एजेन्सीहरूलाई एजेन्सी स्किमसमेत वितरण गरिएको थियो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्