ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धितोपत्र बोर्डले भन्यो : स्वीकृति प्राप्त नगरेका कम्पनीको शेयरमा लगानी नगरौं

२०७७ सावन, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले  धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा स्वीकृति प्राप्त निष्कासनमा मात्र गर्न आग्रह गरेको छ ।

सूचना जारी गर्दै विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेशनजस्ता कम्पनीले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्कासन गरेको समाचारप्रति ध्यानकर्षण भएको बताएको छ । 

उक्त कम्पनीले धितोपत्र सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार सार्वजनिक निष्कासन प्रक्रिया पुरा नगरेकाले त्यसमा लगानी नगर्न बोर्डले लगानीकर्ताहरुलाई भनेको छ ।

विदेशी कम्पनीहरुले नेपालमा धितोपत्रको निष्कासन गर्नु अघि बोर्डमा दर्ता गराउनुपर्ने र एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र विक्री गर्नुपर्दा सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेको बोर्डले बताएको छ ।

बोर्डको स्वीकृति विना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हितसंरक्षण नहुने भएकाले लगानी नगर्न भनिएको छ ।

प्रचलित कानून बमोजिम स्वीकृति नपाएका सगुनजस्ता कम्पनीहरुको शेयर निष्कासनमा लगानीकर्ताहरुलाई लक्षित गरी कुनै पनि व्यक्ति वा संस्थाले सञ्चारमाध्यम मार्फत सूचना तथा विज्ञापन प्रकाशन तथा सम्प्रेषणसमेत नगर्न बोर्डले भनेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्