ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्से परिसूचक १५.९४ अंक घट्यो, कारोबार रकम भने ३७ करोडभन्दा बढी 

२०७७ सावन, १४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, काठमाडौं । बुधवार एक घण्टाको कारोबारमा नेप्से परिसूचक १५ दशमलव ९४ अंक घटेर १ हजार ४३८ दशमलव ९५ विन्दुमा झरेको छ । 

उक्त अवधिसम्म ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ४२ अंक घटेर ३०२ दशमलव २५ विन्दुमा झरेको छ । 

एक घण्टामा १६८ ओटा कम्पनीको ५ हजार ६४ पटकको व्यापारमा रू. ३७ करोड ७४ लाख ९२ हजार बराबरको ७ लाख २२ हजार ८५१ कित्ता शेयर कारोबार भएको छ । 

उक्त अवधिसम्म सबैभन्दा बढी शेयर कारोबार नेपाल दुरसञ्चार कम्पनीको भएको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ६६९ मा रू. ८ करोड ५० लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो । 

बुधवार एक घण्टा अवधिमा कारोबारमा आएका १२ ओटा समूहमध्ये वित्तको शून्य दशमलव २१ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य ९ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्