ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मनसुनी गतिविधि अझै सक्रिय : शुक्रवारसम्म भारी वर्षाको सम्भावना

२०७७ सावन, १४  
समाचार
Image Not Found

साउन १४, काठमाडौं । मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमवार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रवारसम्म कायम रहने मौसमविद् मञ्जु बादीले बताइन् । ‘मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको हुनाले पुनःमनसुन सक्रिय भएको हो,’ मौसमविद् बादीले भनिन् । 

सोमवारदेखि नेपालमा मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ । 

मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।  हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

बुधवार दिउँसो  देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, प्रदेश १, २ र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधवार काठमाडौं उपत्यकामा ८ दशमव ७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सबैभन्दा धेरै धनकुटामा १२६ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्