ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१७ अंक घट्यो नेप्से, १ अर्बभन्दा बढीको शेयर खरीदविक्री ( २ बजेको अपडेट )

२०७७ सावन, १४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, काठमाडौं । बुधवार नेप्से परिसुचक कारोबार भएको तीन घण्टामा १७ अंकले घटेर १ हजार ४३७ दशमलव ३० विन्दुमा पुगेको छ । 

उक्त अवधिमा १८२ ओटा कम्पनीको २४ लाख ८ हजार ११ कित्ता शेयरको रू. १ अर्ब १२ करोड बराबरको शेयर खरीदविक्री भएको हो । 

दुई ओटा जलविद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर कम्पनीको शेयर मुल्य १० प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. ११ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १२ ओटा समूहमध्ये अन्य समूहको परिसुचक शून्य दशमलव २८ प्रतिशत बढेको छ भने बाँकी समुहको परिसुचक घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्