ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सूचीकृत भएको तीन दिनमा पनि भएन अजोड इन्स्योरेन्सको कारोबार* 

२०७७ सावन, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर सूचीकृत भएको तीन दिन बितिसक्दा पनि कारोबार भने भएको छैन । 

साउन १३ गते मंगलवारदेखि कारोबार हुने गरि साउन १२ गते सोमवार कम्पनीले धितोपत्रको दोस्रो बजारमा शेयर सूचीकृत गराएको थियो । उक्त कम्पनीले संस्थापकतर्फको ७० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशतका दरको रू. १ अर्ब बराबरको १ करोड कित्ता शेयर सूचीकृत गराएको हो । 

प्रि–ओपनिङ सेसनमा विक्रेता नआउँदा बुधवार पनि कारोबार हुन नसकेको नेप्सेको भनाइ छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आईपीओको पहिलो कारोबारका लागि प्रि–ओपनिङ सेसनमै खरीदकर्ता र विक्रीकर्ताको आदेश म्याच हुन आवश्यक छ ।  

कारोबार शुरु हुनु अगावै १० : ३० देखि १०ः ४५ को समयमा क्रेता र विक्रेता विच खरीदविक्री म्याच भएपछि भात्र कारोबार गर्न सकिनेछ । 

यो प्रक्रिया कारोबार खुला भएको दुई दिनमा पनि पुरा हुन नसकेकाले उक्त कम्पनीको कारोबार नभएको नेप्सेले बताएको छ ।

कुनै पनि कम्पनीको आईपीओ पहिलो पटक दोस्रो बजारमा कारोबार गर्नुअघि नेप्सेले तोकेको पहिलो कारोबार न्यूनतम र अधिकतम मूल्यबिच खरीदविक्री गर्नको लागि म्याचिङ हुनु पर्दछ ।

 नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले असार २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३० लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २ गते बाँडफाँट गरेको थियो । 

कम्पनीको शेयर पहिलो कारोबारको लागि नेप्सेले रू. ९७ देखि २९१ सम्म मूल्य तोेकेको थियो । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू.१ अर्ब पुगेको छ । 

*अद्यावधिक गरिएको


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्