ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२३.३६ अंक घट्यो नेप्से, १ अर्ब ६८ करोडको शेयर कारोबार 

अधिकाशं लघुवित्त कम्पनीको शेयर मूल्य घट्यो

२०७७ सावन, १४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, काठमाडौं । साताको चौथो दिन बुधवार नेप्से परिसुचक अघिल्लो कारोबार दिनको तुलनामा २३ दशमलव ३६ अंक घटेर १ हजार ४३१ दशमलव ५२ विन्दुमा पुगेको छ ।

यस अवधिमा १८७  ओटा कम्पनीको ३८ लाख ३९ हजार शेयरको २४ हजार २२४ पटकमा रू. १ अर्ब ६८ करोड बराबरको शेयर खरीदविक्री भएको छ । 

 बुधवार शेयर बजारमा खरीदकर्ताभन्दा विक्रेताको चाप बढी देखिएको छ । अल्पकालिन लगानीकर्ताले नाफा बुक गरेर शेयर विक्री गर्न थालेपछि नेप्से घटेको हो । यस दिन अधिकाशं लघुवित्त कम्पनीको शेयर मूल्य घटेको छ । 

लघुवित्त कम्पनीलाई हकप्रद शेयर निष्कासनमा नेपाल राष्ट्र बैंकले अंकुश लगाई दिएपछि त्यसको असर शेयर बजारमा परेको देखिन्छ । 

दुई ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको  छ । युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशत वृद्धि भएको छ । बुधवार सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको खरीदविक्री भएको छ । कम्पनीको शेयर रू. १५ करोड ७१ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

सर्वाधिक करोबार गर्ने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । त्यसैगरी बुधवार सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको शेयर मूल्य ९ दशमलव ४५ प्रतिशतले घटेको हो । 

अघिल्लो कारोबार दिन उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६४० मा कारोबार भएकोमा बुधवार भने रू. १ हजार ४८५ मा झरेको हो । कारोबारमा आएका १२ ओटै समूहको परिसुचक घटेपछि समग्र नेप्से परिसुचक घट्न पुगेको हो ।

सबैभन्दा बढी होटल समूहको परिसुचक घटेको छ । होटल समूहको परसिुचक ३ दशमलव ६४ प्रतिशत घटेको छ । 

सर्वाधिक मूल्य घटेका कम्पनीहरु :

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्