ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईबिएल म्युचुअल फण्डका दुई ओटा योजनाको नाफामा वृद्धि 

२०७७ सावन, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड–१ र एनआईबिएल प्रगति फण्डको नाफामा जेठ महीनाको तुलनामा नाफामा वृद्धि भएको छ । 

दुवै योजनाले साउन १४ गते बुधवार असार मसान्तको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् । उक्त विवरण अनुसार एनआईबिएल प्रगति फण्डको नाफा असार महीनामा रू. ११ करोड ८३ लाख ९५ हजार र एनआईबिएल समृद्धि फण्ड–१ को नाफा रू. १५ करोड ५७ लाख ३७ हजार रहेको छ । 

गत जेठ महीनामा एनआईबिएल समृद्धि फण्डले रू. ३ करोड ४५ लाख ७१ हजार र एनआईबिएल प्रगति फण्डले रू. १ करोड ९६ लाख ५४ हजार नाफा गरको थियो । जेठ महीनाको तुलनामा दुवै योजनाको आम्दानीमा पनि उल्लेख्य बृद्धि देखिएको छ ।

एनआईबिएल प्रगति फण्डले जेठ महीनामा रू.३ करोड ३२ लाख ५० हजार कुल आम्दानी गरेकोमा असार महीनामा रू. १३ करोड २४ लाख २७ हजार गरेको छ । 

गत असारमा भएको कुल आम्दानीमा एनआईबिएल प्रगति फण्डको प्राप्त भइसकेको आम्दानी रू. ३ करोड ५९ लाख ७१ हजार रहेको छ भने प्राप्त हुन बाँकी आम्दानी रू. ९ करोड ६४ लाख ५६ हजार छ । 

त्यस्तै, एनआईबिएल समृद्धि फण्ड–१ ले जेठ महीनामा रू. ५ करोड ९० लाख २० हजार कुल आम्दानी गरेकोमा असार महीनामा रू. १७ करोड ९९ लाख ५ हजार गरेको छ । कुल आम्दानी मध्ये उक्त योजनाको प्राप्त भइसकेको आम्दानी रू. ११ करोड ११ लाख ९७ हजार र प्राप्त हुन बाँकी आम्दानी रू. ६ करोड ८७ लाख ७ हजार रहेको छ ।

जेठ महीनामा रू. १० दशमलव ३९ रहेको एनआईबिएल समृद्धि फण्ड–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य असार महीनामा रू. ११ दशमलव ६० कायम भएको छ । असार महीनामा खुद सम्पत्ति रू. १ अर्ब ३ करोड ९० लाख ४० हजारदेखि बढेर रू. १ अर्ब १६ करोड २ लाख ६ हजार पुगेको छ ।

उक्त योजनाले रू. १० करोड बराबरको इकाई विक्री गरेको हो ।उक्त योजनाको धितोपत्र लगानी बजार मूल्य पनि जेठ महीनामा रू. ८८ करोड २ लाख ८५ हजार रहेकोमा असार महीनामा रू. ९० करोड ६० लाख ६१ हजार पुगेको छ । यस मध्ये रू. १० करोड योजनाले बैंक मुद्दति निक्षेपमा लगानी गरेको छ ।

त्यस्तै एनआईबिएल प्रगति फण्डको धितोपत्र लगानी बजार मूल्य पनि जेठ महीनामा रू. ५८ करोड ५१ लाख ९८ हजार रहेकोमा असार महीनामा यो मूल्य रू. ६५ करोड २० लाख १९ हजार पुगेको छ । 

उक्त योजनाको धितोपत्रमा लगानी गर्दा ब्रोकर कमिसनसहित रू.७० करोड ३२ लाख ८२ हजार लगानी भएको छ । लगानी मूल्यभन्दा बजार मूल्य भने कमनै रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्