ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थप २१० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९२७३ पुग्यो

२०७७ सावन, १४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, काठमाडौं । नेपालमा बुधवार थप २१०जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमका अनुसार बुधवार १४६ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १४ हजार २१ पुगेको छ ।  हाल क्वारेन्टाइनमा  १४ हजार ४७१ जना रहेका छन् ।

हाल आईसोलेशनमा ५ हजार २०३ जना  रहेका छन् । त्यसैगरी कुल पीसीआर परीक्षण संख्या ३ लाख ५८ हजार ३४४ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ्ग जिल्लामा  कोरोना संक्रमित छैनन् भने रौतहट र कैलाली  जिल्लामा ५ हजारभन्दा बढी संक्रमति रहेका छन् ।

बुधवार काठमाडौं उपत्यकामा  मात्रै १५ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको  हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्