ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनरल मोटर्सलाई ८० करोड डलर घाटा 

२०७७ सावन, १४  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १४, डेट्रोइट (अमेरिका) । अमेरिकी अटो निर्माता कम्पनी जनरल मोटर्स (जीएम) लाई करीब ८० करोड डलर घाटा भएको छ । 

कोरोना भाइरसको महामारीका कारण कारखाना बन्द भएको र विक्रीमा तीव्र कमी आएसँगै यस वर्षको दोस्रो त्रैमासमा कम्पनीले घाटा बेहोरेको हो । 

गत वर्षको सोही अवधिमा भने कम्पनीलाई २ अर्ब ४२ करोड डलर मुनाफा भएको थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानी १६ अर्ब ७८ करोड डलर रहेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५३ प्रतिशत कम हो । 

सन् २०१९ को जुन त्रैमासमा कम्पनीको आम्दानी ३६ अर्ब १० करोड डलर रहेको थियो । समीक्षा अवधिमा कम्पनीले बेहोरेको घाटा विश्लेषकहरुको अनुमान जत्तिको खराब भने होइन । 

सो अवधिमा मौसमी समायोजनपछि कम्पनीको प्रतिकित्ता घाटा ५० सेन्ट रहेको छ । घाटा प्रतिकित्ता १ डलर ७७ सेन्ट रहने विश्लेषकहरुको अनुमान थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्