ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अन्य अटो निर्मातालाई ब्याट्री आपूर्ति गर्न टेस्ला तयार 

२०७७ सावन, १४  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १४, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंक अन्य कम्पनीहरूलाई पनि ब्याट्री उपलब्ध गराउन तयार भएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ट्विटमार्फत मंगलवार यस्तो बताएको हुन् । ट्विटका अनुसार कम्पनी अन्य कम्पनीलाई सफ्टवेयर लाइसेन्सिङ दिन र पावरट्रेन र ब्याट्री उपलब्ध गराउन तयार रहेको छ ।

कम्पनीले यस अघि पनि छुट्टाछुट्टै साझेदारी सम्झौता अन्तर्गत जर्मन अटो निर्माता कम्पनी मर्सिडिज र जापानी अटो निर्माता कम्पनी टोयोटालाई ब्याट्री उपलब्ध गराउँदै आएको छ ।

‘टेस्ला सफ्टवेयर लाइसेन्स दिन र पावरट्रेन र ब्याट्री उपलब्ध गराउन तयार छ । हामीहरु दीगो ऊर्जालाई तीव्र पार्ने कोशिश गरिरहेका छौं, प्रतिस्पर्धीहरुलाई कुल्चने होइन,’ एक ट्विटमा मस्कले भने । कस्तो खालको ब्याट्री उपलब्ध गराउने भन्ने चाँहि उनले स्पष्ट पारेका छैनन् । 

टेस्लाले अहिले जापानी कम्पनी पानासोनिकसँथ ज्वाइन्ट भेञ्चरमा ब्याट्री बनाइरहेको छ । भने चाइनाज कन्टेम्पोररी आम्पेरेक्स टेक्नोलोजी र दक्षिण कोरियाको एलजी केमसँग ब्याट्री सोर्सिङ पनि गरिरहेको छ । 

कम्पनीले अब भने क्यालिफोनिर्याको फ्रेमन्टमा आफ्नै ब्याट्री कारखाना निर्माण गर्ने योजना बनाइरहेको छ । ब्याट्री विद्युतीय कारको सबैभन्दा महँगो र महत्वपूर्ण हिस्सा हो । यो रणनीति सफल भयो भने टेस्लामाथि विद्युतीय सवारी साधन बजारको निर्भरता बढ्ने समेत मस्कले बताएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्