ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : वालमार्टको एक स्टोरमा मास्क लगाएर शपिङ गरिरहेकी महिला

२०७७ सावन, १४  
Slider
Image Not Found

अमेरिकाको न्यूजर्जी राज्यको नर्थ ब्रन्स्विकमा रहेको अमेरिकी बहुराष्ट्रिय खुद्रा कम्पनी वालमार्टको एक स्टोरमा मास्क लगाएर शपिङ गरिरहेकी महिलाको सन् २०२० को जुलाई २० मा खिचिएको तस्वीर । 

जुलाईमा अमेरिकी उपभोक्ता मनोबल अपेक्षा गरिएभन्दा धेरै घटेको छ । देशभर कोभिड–१९ को संक्रमण पुनः बल्झिएसँगै आर्थिक मन्दीबाट अर्थतन्त्रमा चाँडै उब्रिने संकेत धूमिल बनेपछि उपभोक्ता मनोबल खस्किएको हो । 

कन्फ्रेन्स बोर्डले मंगलवार सार्वजनिक गरेको सर्वेक्षणको नतिजाअनुसार जुनमा ९८ दशमलव ३ अंक रहेको उपभोक्ता मनोबल सूचक जुलाईमा ९२ दशलमव ६ अंकमा झरेको छ । समीक्षा अवधिमा मनोबल सूचक ९४ दशमलव ५ अंक रहने रोयटर्सको जनमत सर्वेक्षणले देखाएको थियो । 

हालैका महीनामा व्यवसायहरु खुल्न थालेसँगै आर्थिक गतिविधि बढेको भएपनि कोभिड–१९ कनियन्त्रण गर्न नसक्दा महामारीको मारमा परेका दक्षिण र पश्चिमका केही क्षेत्रहरुले पुनः व्यवसाय बन्द गरेका छन् भने व्यवसाय पुनः सुचारुको योजना थाती राखेका छन् । तस्वीरः रोयटर्स 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्