ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बजार पूँजीकरणमा टेन्सेन्टले फेसबुकलाई उछिन्यो 

२०७७ सावन, १४  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १४, पेचिङ (चीन) चिनियाँ इन्टरनेट कम्पनी टेन्सेन्टको बजार पूँजीकरण अमेरिकी सामाजिक सञ्जाल कम्पनी फेसबुकको भन्दा माथि पुगेको छ । 

यस वर्षको अहिलेसम्मको अवधिमा २ खर्ब डलरभन्दा धेरै रकम थपिएसँगै बजार पूँजीकरणमा टेन्सेन्ट माथि पुगेको हो । 

बुधवार टेन्सेन्टको सार्वजनिक रुपमा कारोबार हुने शेयरको मूल्य ५१ खर्ब ५० अर्ब हङकङ डलर (६ खर्ब ६४ अर्ब ५० करोड अमेरिकी डलर) पुगेको थियो । 

मंगलवार अमेरिकी शेयर बजार बन्द हुँदा फेसबुकको बजार पूँजीकरण भने ६ खर्ब ५६ अर्ब १५ करोड डलर थियो । टेन्सेन्टका मोबाइल गेमहरु निकै लोकप्रिय छन् । यसले चीनको सबैभन्दा लोकप्रिय म्यासेजिङ एप विच्याट पनि चलाउँछ । यसमा एक अर्ब भन्दा धेरै प्रयोगकर्ता रहेका छन् । 

यस वर्षको अहिलेसम्मको अवधिमा टेन्सेन्टको शेयर मूल्य करीब ४३ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै  टेन्सेन्टको मूल्य १५ खर्ब ६० अर्ब हङकङ डलर (२ खर्ब १ अर्ब ४४ करोड अमेरिकी डलर) थपिएको छ । 

वर्षको शुरुमा चीनमा कोरोना भाइरसको महामारी खराब भएको बेलामा मानिसहरु घरभित्रै रहँदा कम्पनीको एप र गेमको प्रयोग बढेको थियो । यसले पनि कम्पनीलाई लाभ भएको हो ।

यो महीनाको शुरुमा फेसबुकको शेयरले प्रतिकित्ता २५० डलर १५ सेन्टको कीर्तिमानी उचाई छोएको थियो । तर हालैका दिनमा प्रविधि कम्पनीको शेयरमा आएको कमी र सामाजिक सञ्जाल कम्पनीमाथिको नियामक छानबिन बढेसँगै फेसबुकको शेयर मूल्य घटेको छ । 

बुधवार फेसबुकको सीईओ मार्क जुकरबर्गका साथसाथै गुगल, एमाजन र एप्पलका सीईओहरु अमेरिकी कंग्रेसको एकाधिकार विरोधी उपसमिति समक्ष भुर्चअल रुपमा उपस्थित भएका थिए । 

बजार पूँजीकरणको मामिलामा टेन्सेन्टले फेसबुकलाई उछिनेको यो पहिलो पटक भने होइन । सन् २०१७ को अन्त्यतिर पहिलो पटक टेन्सेन्ट अगाडि आएको थियो । सन् २०१८ मा पनि पटक पटक छोटो छोटो समयको लागि बजार पँजीकरणमा टेन्सेन्टले फेसबुकलाई उछिन्यो । तर सन् २०१९ भर भने फेसबुक नै अगाडि रह्यो । एजेन्सी 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्