ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी नियुक्त

२०७७ सावन, १४  
समाचार
Image Not Found

साउन १४, मकवानपुर । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बुधवारको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा विश्वराज जोशीलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधवार बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डा जोशीलाई नियुक्त गरेको सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । 

त्यसैगरी बैठकले वैदेशिक सहयोग प्राप्ति तथा कर छूटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ । 

उक्त बैठकले बालअधिकार समितिको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरिएको पनि प्रवक्ता ढुङ्गेलले जानकारी दिए । 

प्रदेशमा युवा परिषद् नियमावली संशोधनका लागि पनि सिफारिस गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्