ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटिजन्स बैंकले ९.५० प्रतिशतमा ‘एसएमई’ कर्जा दिँदै

२०७७ सावन, १५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले विशेष सुविधासहित ‘सिटिजन्स घर कर्जा योजना’ र ‘साना तथा मझौला (एसएमई) कर्जा)’ सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत बैंकका ग्राहकले ९ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा जग्गा तथा घर खरीद गर्न र घर निर्माण गर्न कर्जा पाउने भएका छन् ।

बैंकले ल्याएको नयाँ कर्जा योजना २५ वर्ष अवधिको हुने बताइएको छ । यस्तै कागजात पेश गरेको ३ कार्यदिनभित्रै कर्जा उपलब्ध गराउने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ । योजना अन्तर्गतको कर्जा लिने ग्राहकलाई बैंकले नि:शुल्क क्रेडिट कार्ड प्रदान गर्ने बताएको छ । साथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १० दशमलव ९९ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराउने बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्