ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हिमालय एयरलाइन्सद्वारा स्वास्थ्य सामग्री सहयोग

२०७७ सावन, १५  
बजार
Image Not Found

काठमाडौं (अस) । हिमालय एयरलाइन्सले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सहयोग पु¥याउन झापाको दमकस्थित आम्दा अस्पताल र गुल्मीको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र ‘सीसीएमसी’ लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

आम्दा अस्पताललाई एयरलाइन्सले एउटा पोर्टेबल भेन्टीलेटरसहित ५०० थान आरडीटी किट, १०० थान पीपीई सेट, ५०० थान एन९५ मास्क, २ हजार जोर सर्जिकल मास्क, ५ हजार जोर डिस्पोजेबल पञ्जा र ५ ओटा इन्फ्रारेड थर्मोमिटर प्रदान गरेको बताएको छ । यस्तै गएको शनिवार सीसीएमसी गुल्मीलाई पीसीआर (एनएइ३२, आइसीटी ओबी १६ उपकरण र अन्य अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामग्री वितरण गरेको छ । एयरलाइन्सले सीसीएमसीलाई ५१ हजार २०० थान डिस्पोजेबल मेडिकल मास्क, ६०६ थान मेडिकल फेस शिल्ड, ५७५ थान मेडिकल चस्मा, ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र ५ जोर डिस्पोजेबल पञ्जा प्रदान गरेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्