ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रदेश बजेटबाट सञ्चालित योजना नतीजामुखी : मुख्यमन्त्री पौडेल

२०७७ सावन, १५  
वाग्मती प्रदेश
Image Not Found
author avatar भानुभक्त आचार्य

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका बजेटबाट सञ्चालन भएका योजना नतीजामुखी एवं प्रभावकारी भएको बताएका छन् । बागमती प्रदेशबाट थाहानगरका लागि विनियोजित बजेटबाट सञ्चालन भएका योजना अनुगमनपछि मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले थाहा स्मारक पार्क, थाहा शीतभण्डार, थाहा बसपार्क, आँखा उपचार केन्द्रलगायतको अनुगमन गरेका छन् । थाहा नगरपालिका पर्यटकीय नगर भएकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि थाहा स्मारक पार्कले महत्त्वपूर्ण हुने मुख्य मन्त्री पौडेलले बताए । गत आर्थिक वर्षबाट मात्र निर्माण प्रारम्भ भएको पार्कका लागि स्रोत व्यवस्थापन गरेर छिट्टै निर्माण सम्पन्न गरी आम्दनीको स्रोतको रूपमा अघि बढाउन मुख्यमन्त्री पौडेलले सुझाव दिए ।

थाहा नगरपालिकाले निर्माण थालेको बसपार्क अरु स्थानीय तहका लागि सिकाइको केन्द्र भएको मुख्यमन्त्री पौडेलको भनाइ छ । बागमती प्रदेशको सहयोगमा थाहा नगरपालिका–४ थानाबजारमा बसपार्क निर्माण गरेको छ । थाहा बसपार्क निर्माणका लागि निर्माणस्थलसम्म पुग्नका लागि बनाइएको सडक स्थानीयले नै सहयोग गरेका हुन् । नगरप्रमुख लवशेर विष्टले बढी जग्गा हुनेले कम हुनेलाई जग्गा दिएर बाटो बसपार्क पुर्‍याएको बताए । रू. ७ करोड लागत रहेको बसपार्क निर्माणका लागि बजेट अपुग भएको नगर उपप्रमुख खड्ग गोपालीले बताएका छन् । थाहा नगरले बजेट नहुँदा नहुँदै पनि विकासको सपना देख्नु सकारात्मक भएको मुख्यमन्त्री पौडेलले बताए । थाहा नगरभित्र गौरवका योजनाको रूपमा रहेको थाहा शीतभण्डार सञ्चालनमा आएपछि स्थानीय किसानले उत्पादन गरेको आलुलगायत तरकारी भण्डारण गर्न सकिने नगरप्रमुख बिष्टले बताए ।

थाहानगरको अर्थतन्त्र उठाउन शीतभण्डारले ठूलो मद्दत पु¥याउने बताइएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले तरकारीको पकेट क्षेत्रमा शीतभण्डार बन्नु प्रभावकारी काम भएको बताए । अनुगमनकै क्रममा शीतभण्डार निर्माण भए पनि अन्य उपकरणको अभाव रहेको नगरप्रमुख विष्टले बताए । २०७५ फागुनमा आफैंले उद्घाटन गरेको आँखा उपचार केन्द्रको सेवाप्रवाह बुझ्नका लागि मुख्यमन्त्री पौडेल उपचार केन्द्रमै पुगेका थिए । यस्तै सहकारीले तरकारीको बजारीकरणमा मात्र काम गर्न सके पनि ठूलो प्रगती हुने मुख्यमन्त्री पौडेलले बताए । प्रत्येक स्थानीय तहमा तरकारी बजार बनाउने प्रदेशको नीति नै रहेकाले स्थानीय तहका सहकारीहरू यसतर्फ अग्रसर हुनु पर्ने पौडेलको जोड थियो । सबै मिलेर उत्पादक र उपभोक्ताको दूरी छोट्याऔं–मुख्यमन्त्री पौडेलले भने । अनुगमन टोलीमा प्रदेशप्रमुख विष्णु प्रसाईं, थाहानगरका वडाअध्यक्षहरू, विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक प्रमुख एवं प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्