ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रोल्पामा पहिलोपटक प्यारापिटसहितको रंगशाला निर्माण

२०७७ सावन, १५  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

रोल्पा । रोल्पामा पहिलोपटक प्यारापिटसहितको रंगशाला निर्माण भएको छ । माडीचौरमा रहेको रंगशालामा गत आर्थिक वर्षमा नेपाल सरकार खेलकुद मन्त्रालयको रू. ५० लाख र रोल्पा नगरपालिकाको रू. ८ लाख गरी रू. ५८ लाखको लगानीमा रंगशालाको प्यारापिट निर्माण गरिएको हो ।

सोही बजेटबाट रंगशालाको घेराबार र गेट पनि निर्माण गरिएको छ । पूर्वाधार अभावमा खेल क्षेत्रको विकास हुन नसकिरहेको अवस्थामा रोल्पामा प्यारापिटसहितको रंगशाला निर्माण भएपछि स्थानीय खेलाडीहरू उत्साहित बनेका छन् ।

प्यारापिटसहितको आकर्षक रंगशाला बनेसँगै अबदेखि जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालन तथा अभ्यास गर्न सहज हुने माडीचौर रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा खेलाडी मलङ घर्तीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्