ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२.८४ अंकले उक्लियो नेप्से, एक घण्टामा २९ करोडभन्दा बढीको कारोबार 

२०७७ सावन, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ दशमलव ८४ अंकले माथि उक्लिएको छ । कारोबारको एक घण्टामा नेप्से परिसूचक शून्य दशमलव २० प्रतिशत बढेर १ हजार ४३४ दशमलव ३६ विन्दुमा पुगेको हो । 

उक्त अवधिमा ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १६ प्रतिशत बढेर ३०० दशमलव ९६ विन्दुमा पुगेको छ । उक्त अवधिसम्म १६४ ओटा कम्पनीको ५ हजार २२ पटकको व्यापारमा रू. २९ करोड २९ लाख २१ हजार बराबरको शेयर कारोबार भएको छ ।

बिहीवार पनि कुल कारोबारको सबैभन्दा बढी हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५९९ मा रू. ११ करोड ११ लाख ६ हजार बराबरको शेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये एक घण्टाको कारोबार अवधिमा व्यापारिक समूहको शून्य दशमलव शून्य १ प्रतिशत, विकास बैंकको शून्य दशमलव १७ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ ।

उक्त अवधिसम्म सबैभन्दा बढी परिसूचक १ दशमलव ४४ प्रतिशतले होटल समूहको बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्