ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल फाइनान्सको १२५ % हकप्रदले पायो ग्रेड ५ रेटिङ

२०७७ सावन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, नेपाल फाइनान्सले निष्कासन गर्न लागेको १२५ प्रतिशत हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ ले कम्पनीको आधारहरु कमजोर रहेको संकेत गर्दछ ।

उक्त कम्पनीले १ बराबर १ दशमलव २५ को अनुपातमा रू. १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले उक्त हकप्रद शेयर विक्री गर्न गत फागुन २९ गतेनै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बोर्डको वेबसाइटमा कम्पनीलाई बोर्डले असार २२ गते सुझाब पठाएको उल्लेख छ । हाल उक्त कम्पनीको चुक्तापूँजी रू. २२ करोड ७ लाख ३१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले हकप्रद जारी गर्न लागेको हो । 

गत आवको तेस्रो त्रैमाससम्म उक्त कम्पनीको जगेडा कोषमा रू.२६ करोड २७ लाख ६६ हजार रहेको छ । त्यस अवधिसम्म कम्पनीले रू. ३ करोड १२ लाख ३३ हजार खुद नाफा गरेको छ । 
सो नाफामध्ये शेयरधनीहरुलाई वितरण गर्न सकिने वितरण योग्य नाफा भने रू. ६० लाख ७३ हजार रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्