ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

३.९७ अंक घट्यो नेप्से, ६८ करोडभन्दा बढीको कारोबार (१ बजेको अपडेट)

२०७७ सावन, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । बिहीवार दोश्रो घण्टाको अवधिमा रू. ६८ करोड ८ लाख ५६ हजार बराबरको शेयर कारोबार भएको छ । 

उक्त  अवधिमा नेप्से परिसूचक ३ दशमलव ९७ अंक घटेर १ हजार ४२७ दशमलव ५५ विन्दुमा झरेको छ । कारोबारको दोश्रो घण्टाको अवधिभित्र १ हजार ४३७ विन्दुसम्म पुगेको नेप्से परिसूचक न्यूनतम १ हजार ४२१ विन्दुसम्म झरेर फेरी उकालो लागेको हो ।

दुई घण्टाको कारोबारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको रू. १६ करोड ३६ लाख १४ हजारको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १२ ओटा समूहको परिसूचक मध्ये होटल समूहको शून्य दशमलव ५५ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव शून्य १ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३५ प्रतिशत, अन्यको शून्य दशमलव ४१ञ् प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव शून्य ४ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५९ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । 

उक्त अवधिसम्म खानीखोला हाइड्रो कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्