ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्मार्टफोन विक्रीमा सामसुङलाई पछि पार्दै हुवावेईको नयाँ रेकर्ड

२०७७ सावन, १५  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १५, पेचिङ । चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेईले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन विक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । 

स्मार्टफोन विक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेईले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो । 

क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गरिरहेको हुवावेईले ५ करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र पठाएको छ । जबकी सामसुङले यही अवधिमा ५ करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको छ । 

अमेरिकी प्रतिबन्धका कारण हुवावेईका मोबाइल सेटहरुको विदेशमा विक्री घटेको छ, तर स्वदेशमा हुवावेईका सेटहरुको माग तीव्र छ । हुवावेईका सेटहरुमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै विक्री भइरहेको क्यानालिसले जानकारी दिएको छ । 

क्यानालिसका अनुसार हुवावेईका स्मार्टफोनको निर्यात दोस्रो त्रैमासिक अवधिमा झण्डै एक तिहाईले घटेको छ । क्यानालिसका विश्लेषक मो जियाले चिनियाँ बजारले मात्र हुवावेईलाई विश्वको पहिलो श्रेणीको स्मार्टफोन निर्माता कम्पनीका रुपमा टिकाइराख्न नसक्ने चेतावनी दिएका छन् । 

दूरसञ्चार नेटवर्किङ उपकरण उत्पादनमा बर्चश्व कायम गर्न थालेको हुवावेईलाई लिएर संयुक्तराज्य अमेरिका र चीनबीच विवाद पनि बढेको छ । अमेरिकाले हुवावेका कारण विश्वमै साइबर सुरक्षामा चुनौती खडा हुने चेतावनी दिँदै आएको छ । 

अमेरिकाले हालैमात्र हुवावेईलाई अमेरिकी बजारमा प्रतिबन्ध लगाएको छ भने यस कम्पनीलाई एक्ल्याउन विश्वव्यापी अभियान नै सञ्चालन गरिरहेको छ । रासस/एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्