ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा एकैदिन ५२ हजारमा कोरोना संक्रमण, संक्रमितको संख्या १५ लाख ८३ हजार नाघ्यो

२०७७ सावन, १५  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १५, नयाँदील्ली । भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १५ लाख ८३ हजार ७९२ पुगेको त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीवार जानकारी दिएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७७५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा कोरोना भाइरस संक्रमित मध्ये १० लाख २० हजार ५२८ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख २८ हजार २४२ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् ।  

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यको रुपमा रहेको छ । महाराष्ट्रमा बुधवार एकै दिनमा नौ हजार २११ व्यक्ति थप संक्रमित भएका छन् भने एकै दिनमा २९८ जनाको मृत्यु भएको छ । 

महाराष्टमा कुल चार लाख ६५१ जना संक्रमित अवस्थामा रहेका छन् भने दुई लाख ७५५ जना निको भएर घर फर्किएका छन् । हाल महाराष्ट्रमा एक लाख ४६ हजार १२९ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने । कोरोना संक्रमणको कारण हालसम्म १४ हजार ४६३ व्यक्तिको मृत्यु भइसकेको छ । 

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा दुई लाख ३४ हजार ११४ जनामा संक्रमण भएको छ र राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा एक लाख ३२ हजार २७५ जनामा संक्रमण भएको छ । रासस/एएनआइ

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्