ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा ८ करोड १० लाख

२०७७ सावन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले असार मसान्तसम्ममा रू. ८ करोड १० लाख नाफा कमाएको छ । जेठ मसान्तसम्मको तुलनामा असार मसान्तमा नाफा २१६ प्रतिशत वृद्धि भएको हो ।

जेठ समान्तसम्ममा उक्त योजनाले रू. २ करोड ५६ लाख नाफा कमाएको थियो । 
उक्त योजनाको असार मसान्तसम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. १० दशमलव ९४ पुगेको छ । 

जेठ मसान्तसम्ममा यसको मूल्य रू. १० दशमलव २१ थियो । उक्त योजनाले असार मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर तथा डिबेञ्चरमा गरेको लगानीको परल मूल्य रू. ४० करोड ७९ लाख रहेकोमा यसको बजार मूल्य रू. ५२ करोड ८८ लाख पुगेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्