ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाका कारण ५२ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १९५४७ पुग्यो

२०७७ सावन, १५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । नेपालमा बिहीवार थप २७४ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बुधवार कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

काठमाडौं उपत्यकामा बिहीवार ४५ जना कोरोना संक्रमित थपिएका छन् । हाल आईसोलेशनमा ५ हजार २२७ जना रहेका छन् । हालसम्म पीसीआर परीक्षण संख्या ३ लाख ६४ हजार ६४८ पुगेको छ ।

हाल क्वारेन्टाइनमा १३ हजार २०१ जना रहेका छन् । कुल संक्रमित मध्ये ७२ दशमलव ९७ प्रतिशत डिस्चार्ज भएका छन् भने कुल डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको छ । रौतहट र कैलाली  जिल्लामा हाल ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्