ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

समुदायस्तरमा कोरोनाको जोखिम बढेसँगै बाँकेमा निषेधाज्ञाको तयारी

२०७७ सावन, १५  
प्रदेश ०५
Image Not Found

साउन १५, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आइतवारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । 

समुदायस्तरमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । 

नेपालगञ्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो । 

गत आइतवार कन्ट्रयाक्ट ट्रेसिङ गरी आन्तरिक राजस्व कार्यालय नेपालगञ्जबाट ६८, त्रिभुवनचोकको मिठाइ पसल आसपासबाट ११५ र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट संकलन गरिएको २८ जनाको स्वाब परीक्षणका क्रममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीसहित नेपालगञ्जका २७ जनामा बिहीवार संक्रमण देखिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्