ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

देशभर करीब ९६% धान रोपाइँ सकियो

२०७७ सावन, १५  
समाचार
Image Not Found
फाइल फोटो
author avatar प्रशान्त खड्का

साउन १५, काठमाडौं । यस वर्ष देशभर हालसम्म करीब ९६ प्रतिशत धान रोपाइँ सकिएको छ । समयमै मनसुन सक्रिय भएकाले अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष रोपाइँको प्रतिशत बढेको हो ।

गत  वर्ष साउन १२ गतेसम्म ८० दशमलव १८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस वर्ष सोहि अवधिसम्म करीब १६ प्रतिशतले बढेर ९५ दशमलव ६० प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा हरि वहादुर केसीले जानकारी दिए ।

भौगोलिक क्षेत्र अनुसार यस वर्ष हालसम्म उच्च पहाडि क्षेत्रमा  ९३ दशमलव १७ प्रतिशत, मध्य पहाडि क्षेत्रमा ९१ दशमलव ७२ प्रतिशत, तराई क्षेत्रमा ९७ दशमलव ०९ प्रतिशत रोपाइँ सकिएको छ । जहाँ अघिल्लो वर्ष सोहि ठाउँहरुमा यस अबधिसम्म क्रमश : ८४ दशमलव ९२, ८० दशमलव ६६ प्रतिशत र ७९ दशमलव ७८ प्रतिशत रोपाइँ भएको तथ्याङ्कले देखाएको छ ।

यसैगरि हालसम्म प्रदेश नं १ मा ८८ दशमलव ९४ प्रतिशत रोपाइँ सकिएको छ । जुन अघिल्लो वर्षको यस अबधिको तुलनामा १७ दशमलव २९ प्रतिशतले धेरै हो । गत वर्ष यस अबधिसम्म प्रदेश नं १ मा ७१ दशमलव ६५ प्रतिशत रोपाइँ सकिएको थियो । 

प्रदेश नं २ मा हालसम्म ९९ दशमलव शून्य २ प्रतिशत धान रोपाइँ सकिएको छ जुन अघिल्लो वर्षको तुलनामा २४ दशमलव ५२ प्रतिशतले बढी हो । गत वर्षको यो अवधिसम्ममा प्रदेश नं २ मा ७४ दशमलव ५० प्रतिशत धान रोपाइँ भएको थियो ।

यसैगरि यस वर्ष प्रदेश नं ३ मा हालसम्म ८९ दशमलव २४ प्रतिशत, गण्डकी प्रदेशमा ९६ दशमलव ७७ प्रतिशत, प्रदेश ५ मा ९७ दशमलव ८३ प्रतिशत, कर्णाली प्रदेशमा ९८ दशमलव ५३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८ दशमलव ०१ प्रतिशत रोपाइँ सकिएको छ ।

जहाँ अघिल्लो वर्ष सोहि अबधिसम्म क्रमश : प्रदेश नं ३ मा ७८ दशमलव ८३, गण्डकी प्रदेशमा ८४ दशमलव ५६, प्रदेश ५ मा ८४ दशमलव ६०, कर्णाली प्रदेशमा ९२ दशमलव ४० र सुदूरपश्चिम प्रदेशमा ९४ दशमलव १७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कुल १३ लाख, ७१ हजार ७०६ हेक्टर जमीनमा वर्षे धान खेति हुने गरेको छ । जसमध्ये अहिलेसम्म १३ लाख ११ हजार २९९ हेक्टर जमीनमा रोपाइँ सकिएको छ ।

मन्त्रालयका अनुसार अघिल्ला वर्षहरुमा औषत धान रोपाइँ ९३/ ९४ प्रतिशतको हाराहारीमा हुने गरेकोमा यस वर्ष यो प्रतिशत बढेर ९८ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्