ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल राष्ट्र बैंकले २६ करोड लगानी गर्दै

२०७७ सावन, १५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू.२६ करोड बैंक तथा वित्तीय संस्थामा २७२ दिने मुद्दतीमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकोले उक्त रकमलाई २०७७ भदौ १ गतेदेखि २०७८ जेठ १ सम्मको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले रू. २० करोड ८० लाख बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएको छ । यसैगरी, विकास बैंकमा रू. ३ करोड ९० लाख र वित्त कम्पनीहरुमा रू.१ करोड ३० लाख बराबरको रकम लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरुलाई चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई  साउन १९ गते दिउँसो ४ बजेभित्र आवेदन पेश गर्न भनेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्