ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैंकमा अधिक तरलता भएपछि  पुन : २० अर्बको रिपो जारी

२०७७ सावन, १५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन महीनादेखि बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता (लगानीयोग्य पूँजी) भएसँगै यसलाई व्यवस्थापन गर्न पटकपटक उपकरणहरु जरी गर्दै प्रशोचन गरेको छ । 

यसैक्रममा केन्द्रीय बैंकले तरलतालाई सन्तुलन राख्न बिहीवार रू.२० अर्बको  बराबरको एक हप्तो रिभर्स रिपो जारी गरेको हो ।

उक्त रिभर्स रिपो आगामी साउन २२ गते परिपक्व हुने छ । यसअघि अर्थात् गत साउन ८ गते राष्ट्र बैंकले सोही रकम बराबरको रिभर्स रिपो जारी गरेको थियो ।

पछिल्लो समय बजारमा निक्षेपको वृद्धि भइरहेको तर त्यसको अनुपातमा कर्जाको माग बढ्न नसकेको र अधिक तरलता भएको बैंकरहरुले बताएका छन् । हाल बैंकहरुमा करीब रू. २ खर्बको हाराहारीमा अधिक तरलता हुने गरेको राष्ट्र बैंकले बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्