ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जर्मनीस्थित फक्सवागनको कारखानामा मुहारमा मास्क लगाएर निरीक्षण गरिरहेका एक कर्मचारी

२०७७ सावन, १५  
Slider
Image Not Found

जर्मनीको वुल्फ्सवर्गस्थित मुख्यालयमा रहेको कारखानाको एसेम्बली लाइनमा उत्पादन सुचारु हुनु अघि मुहारमा मास्क लगाएर निरीक्षण गरिरहेका जर्मन अटो निर्माता कम्पनी फक्सवागन एजीका कर्मचारीको सन् २०२० को अप्रिल २७ मा खिचिएको फाइल तस्वीर । 

यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा फक्सवागनले ८० करोड यूरो सञ्चालन घाटा बेहोरेको छ । कोरोना भाइरसको महामारीका कारण विक्री प्रभावित भएसँगै कम्पनीले घाटा बेहोरेको हो ।

गत वर्षको सोही अवधिमा कम्पनीलाई १० अर्ब यूरो मुनाफा भएको थियो । समीक्षा अवधिमा फक्सवागन समूहको विक्री २३ दशमलव २ प्रतिशतले घटेको थियो भने डेलिभरीमा पनि २७ दशमलव ४ प्रतिशतको कमी आएको थियो । 

घाटा बेहोरेसँगै कम्पनीले लाभांशमा कटौती गरेको छ । यस अघि गत आवको लागि प्रतिकित्ता साधारण शेयरका लागि ६ यूरो ५० सेन्ट दिने भनिएको लाभांश प्रस्ताव घटाएर ४ यूरो ८० सेन्टमा झारिएको छ । तस्वीरः रोयटर्स 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्