ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सामसुङको मुनाफा बढ्यो 

२०७७ सावन, १५  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १५, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली विद्युतीय सामग्री निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको मुनाफा बढेको छ । 

कोरोना भाइरसको महमारीबीच घरबाट गरिने कामको माग बढेसँगै कम्पनीको मुनाफा बढेको हो । कम्पनीले बिहीवार बताएअनुसार यस वर्षको अप्रिल–जुन त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ८१ खर्ब ५० अर्ब वन (६ अर्ब ८६ करोड डलर) रहेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशत धेरै हो । 

समीक्षा अवधिमा डीर्‍याम चिपको विक्रीमा भएको वृद्धिका कारण मुनाफा बढेको हो । गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा आम्दानी भने ६ प्रतिशतले घटी ५३० खर्ब वनमा आएको छ । 

जुन त्रैमासमा खुद मुनाफा पनि ७ प्रतिशतले बढेर ५६ खर्ब वनमा पुगेको कम्पनीले बताएको छ । जुन त्रैमासमा स्मार्टफोन र अन्य उपकरणहरु विक्रीमा आएको कमीका कारण आम्दानी प्रभावित भएको हो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्