ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जापानले घटायो वृद्धि प्रक्षेपण

२०७७ सावन, १५  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १५, टोकियो (जापान) । जापानले आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ । कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा २ दशकभन्दा बढी समययताकै उच्च संकुचन आउने अपेक्षा गरिएको छ । आगामी मार्चमा सकिने आर्थिक वर्षमा जापानी अर्थतन्त्र साढे ४ प्रतिशतले खुम्चने अनुमान सरकारले गरेको छ । 

जनवरीमा गरिएको प्रक्षेपणमा भने अर्थतन्त्र १ दशमलव ४ प्रतिशतले बढ्ने बताइएको थियो । यो संकुचन सन् १९९४ यताको तुलनायोग्य तथ्यांक उपलब्ध भएयताकै उच्च हो । 

विश्वका अन्य क्षेत्रमा दोस्रो चरणको महामारी फैलियो भने अर्थतन्त्र ५ प्रतिशतले खुम्चिने सरकारी अनुमान छ । कोरोना भाइरसले विश्वको आर्थिक वृद्धिदरमा पारेको प्रभाव र महामारी नियन्त्रण गर्न लगाइएको आपतकालबीच व्यवसायहरु बन्द भएको र मानिसहरु पनि घरभित्रै बस्न बाध्य भएकोले दोस्रो त्रैमासमा अर्थतन्त्रमा तीव्र संकुचन आउने बताइएको छ । 

सन् २०२२ को मार्चमा सकिने आवमा भने अर्थतन्त्र ३ दशमलव ४ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । महामारीका कारण सुस्ताएको अर्थतन्त्रलाई टेवा दिन सरकारले यस वर्ष २२ खर्ब डलर बराबरको स्टिमुलस कार्यक्रम ल्याएको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्