ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सेक्युरिटी प्रेस उपयोग नहुँदै

२०७७ सावन, १६  
१० वर्ष अघि
NA

मुद्रण विभागले करोडौं मूल्य पर्ने योजनाविहीन सुरक्षण छपाइ मेसिन सेक्युरिटी पिन्ट्रिङ प्रेस खरिद  गर्न टेन्डर आह्वान गरेको छ ।

पहिला सुरक्षण मुद्रणालयका नाममा टेन्डर आह्वान गर्ने गरिएकामा यसपल्ट मुद्रण विभागले नै सो आह्वान गरेको छ । मौजुदा छपाइ मेसिनको समेत नाफामुखी उपयोग हुन नसकिरहेको अवस्थामा मेसिन खरिदका लागि टेन्डर आह्वान हुनुले थप आशंकाहरू उब्जाएको छ । यसअघि पनि डानिडाको अनुदान सहयोग र एसियाली विकास बैंकबाट कर्जा लिई रू. १४ करोड पर्ने मेसिन खरिद गरिएको छ । त्यसबाट सरकारको वार्षिक बजेट तथा गजेटमात्र छाप्ने गरेको बताइएको छ । एलएलसी तथा ११ र १२ को प्रश्नपत्रको सुरक्षण मुद्रण हुनुपर्नेमा सो काम जनक शिक्षा सामग्री केन्द्रसँग समन्वय गरी सोही  छापनाखानाबाट  हुनुपर्ने भनिएकामा गत वर्ष पनि सुरक्षाकै कारण देखाई प्रश्नपत्रहरू भारतमा छापिएका थिए  । सुरक्षण मुद्रणालयका लागि भनी रू. १० करोडको भवन निर्माण गरिएको छ तर त्यो हाल प्रयोगविहीन अवस्थामा रहेको छ । हरेक वर्ष मेसिन मर्मतसम्भारका लागि लाखौं खर्च हुने गरेको छ ।

यता अत्याधुनिक मेसिन खरिद गरेपछि त्यसको सञ्चालनका लागि दक्ष कामदार आवश्यक पर्छ । जानकारहरूका अनुसार मेसिन सञ्चालन गर्न दुई जना दक्ष कमादार पर्याप्त हुन्छ । तर यो कामका लागि विभागले ४० जना कर्मचारी राख्ने र तीमध्ये १० जनालाई विदेशमा प्रशिक्षण लिन पठाउने तयारी गरेको बताइएको छ । यसरी विदेश पठाउँदा हाकिमका आसेपासेलाई पठाइने गरिएको छ र सोको खर्च समेत मेसिन खरिदमा गाभिने गरेको छ ।

वर्ष ५, अंक २७, २०६६, फागुन २४–चैत १

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्