ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माछापुच्छ्रे बैंक र चिकित्सक संघबीच सम्झौता

२०७७ सावन, १६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र माछापुच्छ्रे  बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले बुधवार हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि नेपाल चिकित्सक संघसँग प्रत्यक्ष वा परोक्षरूपमा आवद्ध चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा संस्थाहरूलाई समेत माछापुच्छ्रे बैंकले विशेष बैंकिङ सेवा प्रदान गर्ने चिकित्सक संघले बताएको छ । बैंकले उनीहरूलाई विशेष प्राथमिकतामा राखेर बैंकिङ सेवा प्रदान गर्ने बताएको छ । बैंकले संघको अफिसियल बैंकको रूपमा आप्mना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरूलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुबिधामा विशेष सहुलियत पनि प्रदान गर्ने बताएको छ ।

१५९ ओटा शाखा, १३४ ओटा शाखारहित बैंकिङ सेवा र ५ ओटा एक्सटेन्सन काउन्टरसहित २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ ओटा एटीएम मेशिनमार्फत बैंकले आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्