ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबि बैंक र सिप्रदी ट्रेडिङबीच समझदारीपत्रमा हस्ताक्षर

२०७७ सावन, १६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । एनएमबि बैंक र सिप्रदी ट्रेडिङबीच सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयन गर्न समझदारी भएको छ । स्वरोजगारमुलक व्यवसायको दीगो विकास प्रवद्र्घन गर्ने उद्देश्यले उक्त समझदारी गरिएको बैंकले बताएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदी ट्रेडिङका उपाध्यक्ष शौरभराज थपलियाले एनएमबि बैंकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीवार हस्ताक्षर गरे ।

समझदारी अनुसार सिप्रदीले सहुलियतपूर्ण कर्जा जस्तै, महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यहीँ उद्यम गर्न लागेका युवाहरू, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार युवाहरूलाई लक्षित गरी सम्भाव्य उद्यमीहरूको पहिचान गर्नु पर्ने छ । यस्तै एनएमबि बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारीसाधन खरीद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने बताइएको छ । एनएमबि बैंकले १६९ ओटा शाखा, ५ ओटा विस्तारित काउन्टर र १३३ ओटा एटीएम मेशिनमार्फत ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्