ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जलजलामा बस्ती नै विस्थापित

२०७७ सावन, १६  
गण्डकी प्रदेश
NA

पर्वत (अस) । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा पहिरो खस्न थालेपछि २५ परिवार बसोबास गर्दै आएको बस्ती नै विस्थापित भएको छ । निर्माणाधिन मिलनचोक–सल्यान–गुन्टेखेत धारापानी सडकबाट पहिरो खस्न थालेपछि गाउँलेलाई जोगाउन स्थानान्तरण गरिएको छ ।

केही घर र गोठको पछाडि ठूलाठूला पहिरो खसेको र वर्षा निरन्तर भइरहेकाले कुनै पनि बेलामा जोखिम हुन सक्ने भन्दै बस्तीका बासिन्दाले घर छाडेका हुन् । धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, धाइरिङ केराबारीका गोबिन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार घर छोडेर छिमेकीको घरमा बस्दै आएको पीडित राजु परियारले बताए । गोरे परियारको घर भने भत्किसकेको उनको भनाइ छ ।

सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमलबहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मनबहादुर परियार र राजु परियारको परिवार पनि विस्थापित भएको जलजला–७ का अध्यक्ष टुंगनाथ शर्माले बताए ।

सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै बाढी आउने खतरा देखिएको स्थानीय राज आचार्यले बताए । सल्यान र किराखोरको बीचमा ठूलो पहिरोमा ढुंगा र माटोसहितको लेदो बगेका कारण केराबारीमा सडक अवरुद्ध भएको छ । त्यस्तै केराबारीमा रहेको एल्भिन फलPUल फार्ममा पनि पहिरोले क्षति पु¥याएको छ । सडक हुँदै बगेको पहिरोले बेनी–मालढुंगा सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्