ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भरतपुर महानगरलाई रू. २७ लाखको स्वास्थ्य सामग्री प्रदान

२०७७ सावन, १६  
वाग्मती प्रदेश
Image Not Found

चितवन (अस) । चीनको तिब्बत प्रान्तस्थित सिगात्से शहरले भरतपुर महानगरपालिकालाई रू. २७ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । सिगात्से शहरले बुधवार रसुवास्थित टिमुरे नाकाबाट नेपाल ल्याएको उक्त सामग्री बिहीवार महानगरलाई हस्तान्तरण गरेको हो ।

एन९५ माक्स १ हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडीटी टेष्ट किट ८०० थान, पीपीई १०० थान, मेडिकल फेस सिल्ड १ हजार थान र सर्जिकल ग्लोभ्स ४ हजार थानलगायत स्वास्थ्य सामग्री महानगरलाई प्राप्त भएको छ ।

प्राप्त स्वास्थ्य सामग्रीले कोभिड–१९ सँग जुध्न थप मद्दत पुग्ने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बताइन् । कोभिड–१९ सँग जुध्न यति धेरै स्वास्थ्य सामग्री प्रदान गरेर सिगात्सेले अतुलनीय सहयोग गरेको बताउँदै महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्रीको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

बुधवार रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधिहरू तथा नेपाल प्रवासी चिनियाँ संघका सदस्यहरू ज्याङ जिङ च्याङ, वाङ ज्यूजाङ, हुई घिङ, डाङलगायत प्रतिनिधिहरूले भरतपुर महानगरपालिकाका सल्लाहकार गोपालकृष्ण न्यौपाने नेतृत्वको टोलीलाई बिहीवार सो सामग्री हस्तान्तरण गरेको हो । भरतपुर महानगरपालिका र चीनको गुर्मुसिटी सिटीसँग भगिनी सम्बन्ध कायम रहेको छ भने घाङ् सिटी र सिगारसँग भगिनी सम्बन्ध कायम गर्ने तयारी छ । भरतपुर महानगरपालिका र चीनका शहरहरूसँग प्रविधि हस्तान्तरणका साथै दुईपक्षीय सहयोगका साथ अवलोकन भ्रमण हुँदै आएको छ । कोभिड–१९ कै क्रममा चिनको गुर्मुसिटीले पनि ठूलो मात्रामा भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

यसैबीच बिहीवार नै यूएनडीपीको प्रतिनिधि मण्डलले पनि कोभिड–१९ सँग लड्न र क्वारेन्टिन व्यवस्थापनका लागि महानगरलाई चाहिने स्वास्थ्य सामग्रीहरू प्रदान गरेको छ । यूएनडीपीका प्रतिनिधिहरूले भरतपुर महानगरपालिकी प्रमुख रेणु दाहालाई स्वास्थ्य सामग्री प्रदान गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्