ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मकैजोनको प्रभावले उत्पादन वृद्धि

२०७७ सावन, १६  
प्रदेश ०५
Image Not Found

रोल्पा । रोल्पाको ३ ओटा स्थानीय तहका १४ ओटा वडामा कमै जोन परियोजना लागू गरिएको छ । जोन लागू गरिएको क्षेत्रमा तुलनात्मक रूपमा मकैको उत्पादन समेत वृद्धि हुन थालेको छ ।

रोल्पामा मुख्यबालीको रूपमा रहेको मकै बालीको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले सरकारले शुरू गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मकै जोन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रमले पछिल्लो समय रोल्पामा मकै उत्पादन बढेको छ । मकैजोन कार्यक्रम सञ्चालन हुनुअघि प्रतिहेक्टर २ लशमलव ८ मेट्रिक टन मकै उत्पादन हुँदै आएको रोल्पामा मकैजोन कार्यक्रम सञ्चालन भएपश्चात् अहिले प्रतिहेक्टर ५ दशमलव ८ मेट्रिक टन मकै उत्पादन भइरहेको छ ।

उन्नत जातको मकैको बीउ, मल र प्रविधिको प्रयोगले मकै उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रोल्पाका कृषि अर्थविज्ञ चुमानसिङ गिरीले बताए । ‘यहाँका किसानहरूको सक्रियतामा मकै जोन कार्यक्रमको प्रभावले नै हामी अहिले मकैको बीउ र खायन मकै निर्यात गर्न सफल भएका छौं’, गिरीले भने ।

आयोजनाले हालसम्म रोल्पाको ३ ओटा स्थानीय तहका १४ ओटा वडामा कार्यक्रम सञ्चालन गरिरहेको छ । रोल्पा नगरपालिकाको १० ओटै वडा, सुनिल स्मृति गाउँपालिकाको वडाहरू १, २ र ३ तथा त्रिवेणी गाउँपालिकाको ७ नम्बर वडामा मकैजोन कार्यक्रम सञ्चालन भइरहेको छ ।

मकैजोन कार्यक्रमले हाल सिँचाइ आयोजना निर्माण, मकैको बीउ, मल र कृषि प्रविधि प्रयोगमा सहयोग गर्दै आइरहेको छ । मकैजोन कार्यक्रम अन्तर्गत जम्मा ९५४ हेक्टर क्षेत्रफलमा गत वर्ष ६ हजार मेट्रिक टन मकै उत्पादन भएको परियोजना कार्यान्वय ईकाइ रोल्पाले बताएको छ ।

रोल्पामा उत्पादित मकै दाङमा रहेका कुखुराको दाना उद्योगहरूमा बढी खपत हुने गरको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्