ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

६ महीनादेखि तयारी पोशाक नाकामै

सामान बिग्रने आयातकर्ताको आशंका

२०७७ सावन, १६  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । करीब ६ महीनादेखि नेपाल–चीन सिमाना केरुङ नाकामा रोकिएका तयारी पोशाकलगायत करीब १२ सय कन्टेनर सामान हालसम्म पनि नेपाल ल्याउन नसकिँदा ती सामान बिग्रने सम्भावना बढेको छ ।

सीमापार व्यापारमा संलग्न व्यापारीहरूले पटकपटक परराष्ट्र मन्त्रालय, गृह र वाणिज्य मन्त्रालयमा ज्ञापनपत्र बुझाए पनि सामान नेपाल भिœयाउन सकिएको छैन । ती सामान कहिले भित्र्याउन पाइने हो, टुङ्गो नलागेको नेपाल हिमालय सीमा व्यापार संघका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए । ‘तयारी पोशाक, जुत्ता, विद्युतीयलगायत सामान छन् । कतिपय सामान त बिग्रिसकेका होलान् । नबिग्रिएका सामान पनि बिग्रने डर बढेको छ,’ उनले भने ।

चीनले १ दिनमा चार गाडी सामान पठाउने गरेकोमा विगत १० दिनदेखि स्याउ र लसुनबाहेक अन्य सामान पठाएको छैन ।

महीनौंदेखि केरुङ नाकामा सामान अलपत्र रहँदा व्यापारीहरूको करोडौंको लगानी जोखिममा परेको छ । केरुङमा सामान रोकिएपछि व्यवसायीहरूले भारत, भियतनाम, थाइल्यान्ड र म्यान्मालगायत देशबाट सामान ल्याएर बजारको आवश्यकता पूरा गरे । तर, करोडौंको सामान सिमानामा रोकिँदासमेत सरकारले पहल नथालेको व्यापारीहरूको गुनासो छ ।

राष्ट्रिय व्यापार संघका कोषाध्यक्ष रामचन्द्र पराजुलीका अनुसार चीनतर्फबाट सामान ढुवानी गर्ने पर्याप्त मात्रामा गाडी उपलब्ध नहुँदा सामान समयमै ल्याउन नसकिएको हो । व्यापारिक संघसंस्था र आपूर्तिकर्ताहरूले पूर्ण पहल गर्दा पनि सामान ल्याउन असफल भएकाले अब नेपाल सरकारले नै चीन सरकारसँग पहल थाल्नुपर्ने उनले बताए ।

लामो समयसम्म नाकामा सामान रोकिँदा साना व्यापारी झनै समस्यामा परेको न्यूरोडका व्यापारी रामकृष्ण महर्जनले बताए । उनले त्यसबेला चीनबाट करीब १० लाख बराबरको तयारी कपडा अर्डर गरेका थिए । तर, ६ महीनादेखि नाकामा सामान अलपत्र हुँदा नयाँ सामान थप्न समस्या भएको उनले बताए । ‘त्यहाँको सामान बिग्रिसक्यो होला । सामान आएपछि विक्री नै हुँदैन कि भन्ने डर छ,’ उनले भने ।

चिनियाँ पक्षले रसुवागढी नाकामा १६ जनाभन्दा बढी कामदार राख्न नदिएकाले कामदारको समेत अभाव भएको बताइएको छ ।

रसुवागढी भन्सार प्रमुख पुण्य पौडेलका अनुसार चीनतर्फबाट दैनिक चारओटा गाडी सामान मात्र आउने गरेका छन् । तिनमा लसुन र स्याउ मात्र पठाइने गरिएको छ । अहिले तातोपानी नाका अवरुद्ध भएकाले त्यहाँको सामानसमेत रसुवागढीमा पठाउँदा करीब १० दिनदेखि अन्य सामान आउन बन्द भएको उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्