ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्यूठानका ९ ओटा स्थानीयतहको बेरुजु साढे २७ करोड

२०७७ सावन, १६  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, प्यूठान । प्यूठानको नौ ओटा स्थानीयतहमा रू.२७ करोडभन्दा बढी बेरुजु देखिएको छ । 

महालेखा परिक्षक कार्यालयको वार्षिक प्रतिवेदनअनुसार प्यूठानका ७ ओटा गाउँपालिका र २ ओटा नगरपालिका गरी नौ ओटा स्थानीयतहको रू.२७ करोड ७८ लाख १२ हजार बेरुजु देखिएको हो । 

प्यूठानका नौ स्थानीयतहमध्ये सबैभन्दा धेरै बेरुजु गौमुखी गाउँपालिकामा देखिएको महालेखा परिक्षकको वार्षिक प्रतिबेदनले देखाएको छ । आर्थिक वर्ष २०७५/ ७६ को महालेखा परिक्षकले सार्वजनिक गरेको प्रतिबेदनमा गौमुखीगाउँपालिका १० दशमलव ८५ प्रतिशत अर्थात् रू.८ करोड १० लाख ३२ हजार रहेको छ ।

 त्यस्तै सबैभन्दा कम १ दशमलव ५८ प्रतिशत अर्थात् रू.१ करोड १९ लाख ९४ हजार बेरुजु रहेको छ । त्यस्तै गत आव २०७४/०७५ मा कुनै पनि बेरुजु नदेखिएको माण्डवी गाउँपालिका यस वर्ष बेरुजु देखिएको महालेखा परिक्षक कार्यालयले बताएको छ । 

कार्यालयकाअनुसार माण्डवी गाउँपालिकाको ३ दशमलव २१ प्रतिशत् अर्थात् रू.१ करोड ६४ लाख ५ हजार रहेको छ । नौबहिनी गाउँपालिकाको रू.१ करोड ९३ लाख ३ हजार १००, सरुमारानी गाउँपालिकाको ६ दशमलब शून्य ४ प्रतिशत अर्थात् रू.३ करोड ५३ लाख ४६ हजार बेरुजु रहेको छ ।

त्यस्तै रू.६५ करोड ४८ लाख ८५ हजारको लेखा परीक्षण गरिएको ऐरावती गाउँपालिकामा २ दशमलव शून्य २ प्रतिशत अर्थात् रू.१ करोड ३२ लाख ४ हजार बेरुजु रहेको छ ।

स्वर्गद्वारी नगरपालिकाको रू. १ करोड ७७ लाख ५३ हजार, मल्लरानी गाउँपालिकाको रू.२ करोड ८२ लाख ५ हजार र प्यूठान नगरपालिकाको ४ दशमलव ७१ प्रतिशत अर्थात् ५ करोड ४५ लाख २ हजार बेरुजु रहेको महालेखा परिक्षक कार्यालयले बताएको छ । गत आव २०७४/ ०७५ मा प्यूठानमा रू. ७ करोड ५० लाख बेरुजु आएको थियो भने यस वर्ष बढेर रू. साढे २७ करोडभन्दा बढी पुगेको हो ।

महालेखा परिक्षकले गौमुखीगाँउपालिकाको रू.७४ करोड ७१ लख ७० हजार, झिमरुकको रू.७५ करोड ७७ लाख ६६ हजार, माण्डवीको रू.५१ करोड ४ लाख ९३ हजार, सरुमारानीको रू.५८ करोड ४८ लाख १४ हजार, नौबहिनीको रू.७५ करोड ६० हजार ८० हजार लेखा परिक्षण गरेको थियो । 

त्यस्तै ऐरावतीको रू.६५ करोड ४८ लाख ८५ हजार, मल्लरानीको रू.६० करोड ६९ लाख ५१ हजार, स्वर्गद्वारी नगरपालिकाको रू.८८ करोड  ८९ लाख २९ हजार र प्यूठान नगरपालिकाको रू.१ अर्ब १५ करोड ८० लाख ३ हजारको लेखा परिक्षण गरेको थियो । 

पालिकाले सरकारी नियमअनुसार कार्यसम्पादन गरेका कारण बेरुजुमा कमी आएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुषालले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्